शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    लकडाउनमा खटिएका प्रहरी हवल्दारमाथि चक्कु प्रहार

    मंगलवार, १८ चैत्र २०७६, आहाखबर

    भक्तपुर, १८ चैत । भक्तपुरको सूर्यविनायक चोकमा ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।

    मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सूर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका हुन् ।


    चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।

    क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कुसहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले जानकारी दिएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast