शुक्रबार, जेष्ठ २३, २०७७
    स्वास्थ्य

    पाटन अस्पतालको आइसियूमा राखिएका व्यक्तिको मृत्यु

    सोमबार, १७ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, १७ चैत। कोरोना संक्रमणको आशंकामा पाटन अस्पतालको आइसियूमा राखिएका एकजना व्यक्तिको मृत्यु भएको छ ।

    कोरोना आंशकामा पाटनमा तीन जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । ती मध्ये कसैपनि स्वावको रिपोर्ट भने आएको छैन ।

    पाटन अस्पतालका डाइरेक्टर डा विष्णु शर्माका अनुसार पाटनमा कोरोना आशंकामा तीन जना भर्ना भएपनि कसैको रिपोर्ट आएको छैन ।

    आइसियूमा उपचार गराइरहेका एकजनाको मृत्यु भएको उनले पुष्टि गरे । तर कोरोनाकै कारण भने नभएको उनको दावी छ । ‘एकजनाको मृत्यु भएको छ, उहाँको रिपोर्ट आएकै छैन, कोरोनाबाट हो भन्ने अवस्था छैन,’ डा शर्माले भने ।

    मृत्यु भएका ती व्यक्ति धादिङका भएको बताइएको छ । उनी इण्डियन आर्मीमा कार्यरत रहेको बताइएको छ ।

    उनको कोरोनासम्वन्धि टेष्ट गर्न टेकु अस्पताल पठाइएको छ । उनको रिपोर्ट आजै आउने तय भएको थियो । तर रिपोर्ट नआउदै उनको मृत्यु भएको हो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast