मंगलवार, जेष्ठ १३, २०७७
    साहित्य

    लकडाउन - गजल

    सोमबार, १७ चैत्र २०७६, पुष्प ओझा.
    मान्दै सरकारको आदेश , लक डाउनमा आज ।
    सारा संसार सबै महादेश , लक डाउनमा आज ।।
     
    सबै सेवा ठप्प , लड्न कोरोनासँग भनि ।
    बदल्दै चरित्र अनि भेष , लक डाउनमा आज ।।
     
    काम गर्न नपाउँदा , काम गर्दैछन् सब ।
    कोही बाँधी , फुकाइ केश , लक डाउनमा आज ।।
     
    स्मृतिमा डुब्दै छ , मन विगतको समय ।
    बित्छ खेल्दै गट्टा र चेस , लक डाउनमा आज ।।
     
    जो जहाँ छौँ , त्यही रहौँ मान्दै आत्मआदेश ।
    कोही देश कोही विदेश , लक डाउनमा आज ।।
     
    कति आत्मियहरु अलग्गिए होलान् यो पलमा ।
    बोलौँ , हेरौं सञ्जालबाट फेस , लक डाउनमा आज ।।
     
    खेल खेल्न नमिल्दो रैछ , सधैँ अरुसँग । 
    खेलौँ नडुल्ने रेस , लक डाउनमा आज ।।
     
    न भूतो न भविष्यति , युग आयो क्यारे ।
    घरमै बसे शेष नत्र अवशेष , लक डाउनमा आज ।।
    -पुष्प ओझा
    गोदावरी- १, अत्तरिया कैलाली
     
     
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast