शनिबार, जेष्ठ १७, २०७७
    आर्थिक खबर

    तपाईलाई अर्गानिक तरकारी चाहिएको छ ? उपत्यकाका यी ठाउँमा पाइन्छ

    आईतवार, १६ चैत्र २०७६, आहाखबर

    ललितपुर,१६ चैत। प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहअन्तर्गतको ‘माटो ब्राण्ड’ को भ्यानले अब काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फलफूल र तरकारी उपलव्ध गराउने भएको छ । ‘आत्मनिर्भरताको उपाय खोजौ, नेपाली माटोको उत्पादन रोजौ’ भन्ने नारासहित बजारमा आएको उक्त ब्रान्डको भ्यान अब तरकारी र फलफुल लिएर काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य चोकमा उपलव्ध हुने भएको हो ।

    फलफूल र तरकारीसहितको माटो ब्रान्डको भ्यान अब काठमाडौंको ज्ञानेश्वर, नक्साल, केएमसी नजिक सिनामंगल र सोल्टीमोडमा उपलव्ध हुनेछ भने ललितपुरको बालकुमारी, झम्सिखेल र लगनखेलमा उपलव्ध हुनेछ । त्यस्तै भक्तपुरको चुनदेवीमा पनि माटो ब्रान्डको भ्यानले ग्राहकहरुका लागि अग्रानिक तरकारी र फलफूल उपलव्ध गराउने जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast