बिहिवार, जेष्ठ २२, २०७७
    स्वास्थ्य

    ६ लाख नाघ्याे कोरोना संक्रमितकाे संख्या

    शनिबार, १५ चैत्र २०७६, आहाखबर

    काठमाडौं, १५ चैत । कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख ८३५ जनामा यसको संक्रमण देखिएको हो ।

    कोरोना भाइरस संक्रमितमध्ये एक लाख ३३ हजार ४ सय  २६ जना भने निको भइसकेका छन् । २७ हजार ४१७ जनाले ज्यान गुमाइसकेका छन् ।

    चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण एक सय ९९ देशमा पुगेको छ ।

    नेपालमा विदेशबाट आएका चार जनामा यसको संक्रमण देखिएको छ । उनीहरू तीन जनाको उपचार चलिरहेको छ भने एक जनाले स्वास्थ्य लाभ गरिसकेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast