बिहिवार, जेष्ठ २२, २०७७
    सावधान

    रनवेबाट चिप्लियाे नेपाल एयरलाइन्सको विमान

    शनिबार, १५ चैत्र २०७६, आहाखबर

    काठमाडौं, १५ चैत। शनिबार नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान चिप्लिएकाे छ । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएको हाे ।

    नेपालगञ्ज विमानस्थलका एक अधिकारीका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको थियाे।

    घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । अब कोरोना भाइरसको सम्भावित स‌ंक्रमितको नमुना लिन अर्को विमान जाने नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले बताए ।

    दुर्घटना भएको विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताइएकाे छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast