शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    लकडाउनमा खटिएका प्रहरी पौडेलको गोली लागेर मृत्यु

    शुक्रबार, १४ चैत्र २०७६, आहाखबर

    स्याङ्जा, १४ चैत । एक हप्ते लकडाउनमा खटिउका एक प्रहरी जवानकाे  गोली लागेर निधन भएको छ । स्याङ्जाको हरिनास गाँउपालिका स्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ बर्षिय रविन्द्र पौडेलले हतियार व्यवस्थापन गर्ने क्रममा गोली लागेर घाईते भएका थिए । 

    पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । शुक्रवार दिउसो करिव १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा काम गर्दै गर्दा अचानक गोली पड्केर लागेको प्रहरीले जनाएको छ । 

    उनको दाहिने कोखाबाट देब्रे कोखाबाट गोली निस्केको अवस्थामा रहेको मृतकका अंकल ऋषिकान्त पौडेलले जानकारी दिए । घटनाबारे अनुसन्धान शुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कर्णेलको टोली घट्नास्थल तर्फ गएको बताईएको छ । 

    पोखरा महानगरपालिका २८ मा बस्दै आएका पौडेल चैत्र ७ गते नेपाल प्रहरीबाट अवकास हुदै थिए । कोरोना भाइरसको लकडाउनका कारण उनी रिटायर्स हुन पाएका थिएनन् । उनका दुई छोरी र श्रीमति रहेको मृतकका अंकल ऋषिकान्तले बताए । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast