मंगलवार, चैत्र १८, २०७६
    आर्थिक खबर

    भाटभटेनी सुपरमार्केटले शुरु गर्‍याे घर-घरमै सामान पुर्‍याउन

    शुक्रबार, १४ चैत्र २०७६, आहाखबर

    काठमाण्डौ, १४ चैत । सरकारले काेराेना भाइरसकाेसंक्रमणबाट जाेगिन लकडाउन घाेषणा गरेसँगै भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गरेको छ ।

    फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्ने गरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको हाे । आफूलाई आवश्यक परेको सामान अर्डर गर्न कम्पनीले उपलब्ध गराएको फोन नम्बरमा कल, म्यासेस, भाइबर र व्हाट्सएपमार्फत जानकारी गराउन सकिनेछ । साथै ग्राहकले आफ्नो नाम, फोन नम्बर र ठेगाना उपलब्ध गराउनुपर्नेछ । 

    यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला सुपर मार्केटहरु– भागभटेनी, बिग मार्ट, सेलबेज, सेल्सबेरीलगायतलाई उपभोक्तालाई चाहिने अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउन निर्देशन दिएको थियो । 

    गएको ११ गदेदेखि आउँदो १८ गतेसम्म 'लकडाउन' अवधि भएकोले मन्त्रालयले उपभोक्ताको माग अनुसार ढुवानीको व्यवस्था मिलाउन सुपरमार्केटहरुलाई निर्देशन दिएको हो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast