मंगलवार, चैत्र १८, २०७६
    स्वास्थ्य

    के हो फेरि चीनमा फैलिएको हान्ता भाइरस ? कसरी फैलिन्छ ?

    अहिलेसम्म हान्ता भाइरसका ६० संक्रमित भेटिएको अनुमान गरिएको छ । तीमध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

    बिहिवार, १३ चैत्र २०७६, आहाखबर

    एजेन्सी । चीनको वुहानबाट सुरु भएको नोभेल करोना भाइरसले विश्वलाई आतंकित बनाइरहेका बेला चीनमा फेरि अर्को भाइरस देखिएको छ । चीनको युनान प्रान्तमा हान्ता भाइरसबाट एकजनाको मृत्यु भएको छ।

    चिनियाँ सञ्‍चामाध्यम ग्लोबल टाइम्सले युनान प्रान्तमा एकजनाको हान्ता भाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ । ग्लोबल टाइम्सको खबर अनुसार हान्ता भाइरस संक्रमित व्यक्ति जुन बसमा सवार थिए, त्यहाँ सवार ३२ जनाको परीक्षण गरिएको छ ।

    लक्षण 

    हान्ता भाइरसको एचपीएस संक्रमण भएमा सुरुमा थकान महसुस हुने, ज्वरो आउने र मांशपेसी दुख्‍ने हुन्छ । यससँगै टाउको दुख्‍ने, चिडचिडाहट हुने, चिसो हुने र पेटसम्बन्धी समस्या देखिन्छ । यी लक्षण देखिँदा पनि उपचार नगराएमा खोकी लाग्‍ने र श्वासप्रश्वासमा समस्या हुनुका साथै मृत्युसम्म हुन्छ । चिनियाँ रोक नियन्त्रण तथा उपचार केन्द्रका अनुसार मृत्युको जोखिम ३८ प्रतिशत हुने बताइएको छ । त्यसैगरी एचएफआरएस पनि समान लक्षण देखिन्छन् । समयमा उपचार नभएमा कम रक्तचाप हुने, गम्भीर घात हुने, नसा फुट्‍ने र मिर्गौलाले काम गर्न छोड्‍ने हुन्छ ।

    एचपीएस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने एचएफआरएस पनि विरलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । सीडीसीका अनुसार मुसा प्रजातिको नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्‍ने प्राथमिक उपाय हो ।

    हान्ता संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रँदा फोक्सोमा पानी भरिन थाल्छ र सास फेर्न समस्या पनि हुनसक्छ । जनवरी सन् २०१९ मा पेटागोनियामा हान्ताको संक्रमणले ९ जनाको ज्यान लिएको थियो । त्यसपछि पर्यटकलाई पनि यसबारे चेतावनी दिइएको थियो ।

    त्यतिबेलादेखि अहिलेसम्म हान्ता भाइरसका ६० संक्रमित भेटिएको अनुमान गरिएको छ । तीमध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । सीडीसीलाई विश्वास गर्ने हो भने हान्ता भाइरसमा ३८ प्रतिशत मृत्युदर हुन्छ र यो रोगको कुनै निश्चित उपचार पनि छैन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast