बिहिवार, जेष्ठ १५, २०७७
    विज्ञान/प्रविधि

    लकडाउन अवधि भर इन्टरनेट नकाटिने

    बिहिवार, १३ चैत्र २०७६, आहाखबर

    काठमाडौं । इन्टरनेट सेवाप्रदायकले पैसा भुक्तानी नगरे पनि लकडाउन अवधिभर इन्टरनेट नकाट्ने घोषणा गरेको छ । सेवाको समय सकिए पनि ग्राहकलाई राहत पुग्ने गरि सेवाप्रदायकले यस्तो प्याकेज दिएका हुन् ।


    प्राय घरैबाट सबै कार्यालयको काम गरिरहेको र यस्तो संकटको समयमा इन्टरनेट अवरुद्ध हुँदा ग्राहक सूचनाबाट वञ्चित हुने भन्दै इन्टरनेट सेवा प्रदायकले सेवा नकाट्ने निर्णय गरेका हुन् । 

    इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टले स्टाफहरु सबै विदामा गइसकेको र केहि स्टाफले मात्रै सेवाको लागि साथ दिइरहेको बताए । ‘घर सपोर्ट छैन तर नेटर्वक मेन्टिनेन्स भने भइरहेको छ’ उनले भने ‘ आईस्पानले १८ गते सम्मको लकडाउनसम्म नेट काट्दैनौ त्यसपछि ग्राहकले भुक्तानी गनुपर्ने छ’ ।

    सरकारले लकडाउनको अवधि थप गर्यो भने आईस्पानबाट पुनः निर्णय हुने र त्यसपछि  छलफल कसरी अगाडी बढ्ने भन्ने प्रक्रिया अगाडी बढ्ने उनको भनाई छ । सेवा डिसेवल भएको दिन ग्राहकले पैसा तिर्नुपर्ने भएपनि लकडाउनको कारण केहि दिन छुुट दिने भएको छ ।

    इन्टरनेट सेवाप्रदायकले अनावश्यक विषय बस्तुमा इन्टरनेट नखोल्न तथा सुचनामुलक कन्टेन्टमात्र खोली सेवाप्रदायकलाई सेवा प्रवाह गर्न सहयोग गर्न आग्रह गरेका छन् । अहिले विश्वभर कोरोनाको कारण अन्तर्रा्ष्ट्रिय स्तरमा व्यान्डवीथ खपत उच्च देखिएपछि नेपालमा पनि त्यसको प्रत्यक्ष रुपमा असर परेको छ ।

    पछिल्लो एक हप्ता कोरनाको सन्त्रास तथा संक्रमणको जोखिमका कारण सबै घरमै बस्ने तथा अफिसको काम घरबाटै हुन थालेपछि इन्टरनेटको गुणस्तरमा गिरावटसँगै इन्टरनेट सेवा अवरुद्ध हुने संकेत देखिएको हो । प्राय मानिस यतिवेला घरमै हुने भएकाले अनलाइन गेम, ठूला ठूला अनलाइन एप खेल्ने प्रवृति चलिरहेकोले यस्तो कार्य नगर्न आग्रह गरेका छन् 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast