आईतवार, चैत्र २३, २०७६
    सावधान

    लकडाउनकाे अवज्ञा गरी जथाभावी सडकमा हिँड्ने १० जना पक्राउ

    मंगलवार, ११ चैत्र २०७६, आहाखबर

    चितवन, ११ चैत । सरकारले अतिआवश्यक काम बाहेक ननिस्किन आग्रह गरी लकडाउनकाे घाेषणा गरेपनि सर्वसाधरणले साे कुरा पूर्ण रूपमा लागु गरेका छैनन् । घरबाहिर जथाभावी ननिस्कन गरेको आग्रहलाई उलंघन गरी हिडेका १० जनालाई चितवन प्रहरीले पक्राउ गरेकाे हाे।

    चितवनको विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको चितवनका एसपी नान्तीराज गुरूङले बताए । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि उपस्थित गराइने भएकाे छ ।

    एसपी गुरूङले भने, ‘जथाभावी सडकमा हिँड्नेलाई नियन्त्रणमा लिएका हौं। दश जनालाई विभिन्न ठाउँमा पक्राउ गरिएको छ। उनीहरूलाई कारबाही गरिने उनले बताए।

    सरकारले सोमबार विहान ६ बजेदेखि एक सातासम्म नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको छ। कोरोनाभाइरस संक्रमित एक जना विरामीको नेपालमा उपचार भइरहेको छ। संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएको हो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast