आईतवार, चैत्र २३, २०७६
    सावधान

    साेमबारदेखि कैलालीमा अनिश्चितकालीन 'कर्फ्यु'

    सोमबार, १० चैत्र २०७६, आहाखबर

    कैलाली, १० चैत । साेमबारदेखि  कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा 'कर्फ्यु' जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो ।

    बिहानैदेखि कैलालीमा बजार बन्द छन् । अहिले विभिन्न ठाउँमा माइकिङ्ग भइरहेको छ । कैलालीमा गाडी चल्न पनि दिइएको छैन ।

    कैलालीमा नाकाबाट सर्वसाधारण भित्रन सक्ने भएकाले कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast