आईतवार, चैत्र २३, २०७६
    आर्थिक खबर

    फेरि बढ्यो सुनको भाउ, कति छ आजको बजार मूल्य ?

    सोमबार, १० चैत्र २०७६, आहाखबर

    काठमाडाैं, १० चैत । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ ।आज सुनकाे भाउ ताेलामा ५ सय रूपैयाँले बढेकाे हाे ।

    आइतबार १ हजार रुपैयाँले बढेको छापावाल सुनको मूल्य आज ५ सयले बढ्दै तोलाको ७७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंले जनाएको छ ।

    छापावाल सुनको मूल्य हिलो प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७६ अजार ७ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast