आईतवार, चैत्र २३, २०७६
    सावधान

    काेराेनाकाे संक्रणबाट विश्वभर १४ हजार ६ सय ८७ जनाको मृत्यु, साढे ३ लाख संक्रमित

    सोमबार, १० चैत्र २०७६, आहाखबर

    काठमाडौं, १० चैत । काेराेना  भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १४ हजार ६ सय ८७ पुगेकाे छ । कोरोनाकाे संक्रमणा विश्वको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । 

    पछिल्लो समय कोरोनाबाट मर्नेको संख्या चीनमा भन्दा इटली धेरै रहेको छ । इटालीमा आइतबार मात्रै ६ सय ५१ जनाको मृत्यु भएर अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

    यस्तै चीनको हुबेई प्रान्तमा मृतकको संख्या ३ हजार १ सय ५३ पुगेको छ । यसबाहेक स्पेनमा १ हजार ७ सय ७२, इरानमा १ हजार ६ सय ८५ र फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ ।

    संसारभरी तीन लाख ३८ हजार भन्दा बढी संक्रमित देखिएका छन् । संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै चीनमा छ । चीनमा ८१ हजार ४ सय २६ संक्रमित देखिएका छन् भने इटलीमा ५९ हजार १ सय ३८, अमेरिकामा ३३ हजार २ सय ७६, स्पेनमा २८ हजार ७ सय ६८ र जर्मनीमा २४ सय ८ सय ७३ घटना पुष्टि भएका छन् ।

    भारतमा यो संक्रमणका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ६० जना संक्रमित भएका छन् । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast