मंगलवार, चैत्र १८, २०७६
    स्वास्थ्य

    बीरगञ्जका एक व्यापारीमा भेटियो कोरोनाको संक्रमण

    आईतवार, ९ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ९ चैत। वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको छ ।  भारतस्थित पटना मेडिकल कलेजले उक्त मानिसमा काेराेनाकाे संक्रमण भेटिएकाे पुष्टि गरेकाे हाे ।

    ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

    यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको बताए ।

     

    आज मध्य रातदेखि कञ्चनपुर ‘लक डाउन’, सम्पुर्ण नाका बन्द गर्ने

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast