आईतवार, चैत्र २३, २०७६
    सावधान

    ३ औषधि पसलमा तालाबन्दी, मिठाई पसलाट ३० ग्यास बरामद

    आईतवार, ९ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, ९ चैत । कीर्तिपुरका तीन वटा औषधि पसलमा तालाबन्दी गरिएकाे छ । कीर्तिपुर नगरपालिकाले बजार अनुगमनका क्रममा तीन औषधि पसलमा तालाबन्दी गरेको हाे।

    तीनवटा वडामा गरेको अनुगमनका क्रममा नगरपालिकाले तीन औषधि पसल तालाबन्दि र एक मिठाइ पसलबाट ३० वटा ग्यास सिलिन्डर बरामद गरेको हो।

    मिति सकिएको औषधिहरू राखिएका र लाइसेन्स प्राप्त फार्मेसिस्ट नबसी अरू नै मानिस बसेका कारण तालाबन्दी गराएको नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले जानकारी दिइन्।

    नगरपालिकाको उपोभोक्ता संरक्षण समिति र बजार अनुगमन टोलीले संयुक्त रूपमा वडा-५, वडा-८ र वडा-९का पाँच औषधि पसल र पाँच ग्यास पसलमा अनुगमन गरेको थियो।

    सोही क्रममा एक मिठाइ पसलबाट ३० ग्यास सहित बरामद गरी महानगरीय प्रहरी वृत्तमा राखिएको छ। 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast