मंगलवार, चैत्र १८, २०७६
    स्वास्थ्य

    बहराइनमा तीन जना नेपालीलाई कोरोना भाइरस भएको पुष्टि

    आईतवार, ९ चैत्र २०७६, आहाखबर

    बहराइन, ९ चैत । बहराइनमा तीन जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले शनिबार गरिएको परीक्षणका क्रममा तीन जना नेपालीमा कोरोना भाइरस भएको पुष्टि भएको जानकारी दिए ।

    संक्रमितलाई अस्पतालमा राखेर उपचार सुरु गरिएको छ । उनीहरुको परिचय गोप्य राखिएको छ । यस्तै तीन जना नेपालीलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको छ।

    क्वारेन्टाइनमा राखिएकामा दुई पुरुष र एकजना महिला छन् । उनीहरु काम गर्ने घरमा इरानबाट आएका एक जनालाई कोरोना पोजेटिभ देखिएपछि सो घरका सबै जनालाई एक सातादेखि क्वारेन्टाइनमा राखिएको हो ।

    बहराइन सरकारले छुट्टै तीन ठूलो अस्पताल बनाइ कोरोना संक्रमितको उपचार गरिरहेको छ । बहराइनमा कोरोना संक्रमण देखिएको जुन देशको नागरिक भए पनि उनीहरुलाई सरकारले देशमै राखेर उपचार गरिरहेको छ । बहराइनमा बैदेशिस रोजगारीका क्रममा करिब ३५ हजार नेपाली रहेका छन् ।

    बहराइनमा हालसम्म ३१० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरू मध्ये १ सय २५ जना निको भइसकेका छन् । एक जनाको मृत्यु भएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast