आईतवार, चैत्र २३, २०७६
    आर्थिक खबर

    १ हजारले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

    आईतवार, ९ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ९ चैत । आइतबार नेपाली बजार सुनकाे भाउ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन  आज ताेलामा १ हजारले बढेर ७६ हजार ५ सयमा काराेबार भइरहेकाे छ । 

    शुक्रबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो ।गत आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

    मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । बुधबार सुन एक हजारले बढ्दै ७६ हजार ५ सयमा कारोबार भइरहेको मा विहिबार भने १५ सयले घट्दै ७५ हजारमा कारोबार भएको थियो । गत हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ ।

    यस्तै आज तेजावी सुनकाे मूल्य प्रतिताेला ७६ हजार २ सय रूपैयाँ कायम भएकाे छ ।

    चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढ्दै प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast