बुधबार, चैत्र २६, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री ओलीले बोलाए ४ बजे मन्त्रिपरिषद्को बैठक

    आईतवार, ९ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदको बैठक बोलाइएको जानकारी दिएकी हुन् ।


    प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन् ।  फागुन १८ गतेपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्ने लागको हो ।

    उक्त १८ गतेको बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो । आजको बैठकमा यो बीचमा उक्त समितिले गरेको काम कारबाहीको समीक्षा हुने छ ।  बैठकले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast