आईतवार, चैत्र २३, २०७६
    शेयर बजार

    आइतबार पनि नेप्से खुलेपछि लगानीकर्ता आन्दोलित, कानूनी उपचारमा जाने चेतावनीे

    आईतवार, ९ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ९ चैत । आज आइतबार पनि नेप्से खुलेको छ । सरकारले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने भने पनि शेयर बजार खुला भएपछि लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका छन् ।

    लगानीकर्ताहरूले शेयर कारोबार बन्द नगरे नेप्से विरुद्ध कानूनी उपचारमा जाने चेतावनीे शेयर बजारका लगानीकर्ताहरुले दिएका हुन् । 

    सरकारले कोरोनाको सम्भावित संक्रमणबाट जोगिन अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको तर नेप्सेले अनलाइन सेयर कारोबार खुला गर्न लागेको भन्दै लगानीकर्ताले त्यसको विरोध उत्रिएका हुन् ।

    हाल एक प्रतिशत लगानीकर्ता मात्रै अनलाइन सेयर कारोबारमा संलग्न रहेकाले उनीहरुको हितलाई ध्यानमा राखेर नेप्सेले ९९ प्रतिशत लगानीकर्तामाथि अन्याय गर्न खोजेको आरोप उनीहरुले लगाएका छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast