आईतवार, चैत्र २३, २०७६
    आर्थिक खबर

    काठमाडाैं उपत्यकाका फुटपाथ व्यवसाय अनिश्चितकालका लागि बन्द

    आईतवार, ९ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ९ चैत । पछिल्लाे समय काठमाडाैं उपत्यकामा निकै फस्टाएकाे फुटपाथ व्यवसाय बन्द भएकाे छ । विश्वव्यापी रूपमाफैलिएकाे काेराेना भइरस संक्रमणकाे त्रासका कारण काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय अनिश्चितकालका लागि बन्द भएका हुन् ।

    महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आइतबारबाट अर्को सूचना नभएसम्मका लागि फुटपाथ व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

    बजार अनुगमनका क्रममा फुटपाथ व्यवसाय गर्दा एकैचोटी सयौं मानिस जम्मा हुने गरेको र त्यसले संक्रमणको जोखिम बढेपछि बन्द गर्न निर्देशन दिइएको रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । यसबारे लागि काठमाडौं महानगरपालिकालाई समेत जानकारी गराइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast