आईतवार, चैत्र १६, २०७६
    बैंक-बीमा

    आजदेखि जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नकाट्ने

    शुक्रबार, ७ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ७ चैत । विश्वभर फैलाइरहेको कोरोना भाइरसको संक्रमण रोक्न बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि जुनसुकै बैंक वित्तीय संस्थाको एटीएम बुथबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने निर्णय गरेका छन् ।

    यसअघि एउटा बैंकबाट लिएको एटीएम प्रयोग गरेर अर्को बैंक वित्तीय संस्थाको एटीएम बुथबाट पैसा झिक्दा शुल्क लाग्थ्यो ।

    बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघ, विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल वित्तीय संस्था संघको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

    यस्तै, इन्टरनेटरमोबाइल लगायतका विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै पनि शुल्क नलाग्ने पनि संघहरुले निर्णय गरेका छन् । नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपीएस सेवा पनि निशुल्क गरिएको छ ।

    यस्तो सवै प्रकारका निशुल्क सेवाहरु निश्चित अवधिको लागि भएको र शुल्क लाग्ने भएपछि अर्को सुचना प्रकाशित गरिने संघको भनाइ छ । बैंकहरुले अर्को सूचना जारी नभएसम्मका लागि यी सेवा निःशुल्क भएको जनाएका छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast