बुधबार, चैत्र २६, २०७६
    राज्य-समाज

    लक डाउनको तयारीमा सरकार, राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

    शुक्रबार, ७ चैत्र २०७६, आहाखबर

    काठमाण्डौं, ७ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । विश्वव्यापी कोरोना भाइरसको प्रभाव विस्तारित भइरहेका बेला प्रधानमन्त्रीले सरकारको तयारी सुसूचित गराउन सम्बोधन गर्न लागेका हुन् ।

    कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँगको छलफलपछि प्रधानमन्त्रीले शुक्रबार बेलुकी ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् ।

    बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।

    हिजो बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा 'एसइई'समेत १२ घण्टा अघि  स्थगित गरेको थियो ।

    बुधबार कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको यसअघि बैठकले बुधबार विद्यालय र क्याम्पसमा पढाइ चैत मसान्तसम्म रोक्ने निर्णय गरेको थियो ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति रहेको छ ।

    विश्वब्यापी रुपमा महामारीको रुपमा फैंलँदै गएको कोरोना भाइरसका कारण मूलुकले क्षती ब्यहोर्न नपरोस भन्नका खात्तिर उक्त समितिको सुझावको आधारमा सरकारले निर्णय लिदैं आइरहेको छ ।

    आवश्यक परे ‘लकडाउन’ समेत गर्नका लागि चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ ।

    संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनु पर्ने आँकलन गर्दै गृहमन्त्रालयले यस्तो गृहकार्य गरेको हो ।

    गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय बिपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा लकडाउन मोडालिटी बनाउने विषयमा छलफल भएको थियो ।

    बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सम्भावित संकटको सामना गर्न सबैखाले तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।

    बैठकमा सार्वजनिक यातायातमाथि अस्थायी रोक लगाउनेबारे पनि छलफल भएको थियो । संक्रमणविरुद्ध जुधिरहेका चीन, इटालीलगायत देशले अवलम्वन गरेका विधिलाई आधार मानेर योजना बनाउने क्रममा रहेको उनले बताए ।

    यसैबीच सरकार र संयुक्त राष्ट्रसंघका नेपालस्थित मानवीय सहायता एजेन्सीहरुले कोरोनाविरुद्ध एकीकृत प्रतिकार्ययोजना बनाएका छन्। सोमबार गृह मन्त्रालयलाई विभिन्न ११ वटा क्लस्टरमा छुट्टाछुट्टै समिति बनाउँदै त्यसको नेपाल सरकारका सम्वन्धित कार्यालयले नेतृत्व गर्ने र राष्ट्रसंघका निकाय त्यसको सह–नेतृत्वमा रहेर काम गर्ने गरी खाका तयार भएको हो । 

    मानवीय सहायता सम्वन्धि ‘कन्टिनजेन्सी प्लान’ निर्माणलाई आगामी सोमबार राष्ट्रिय बिपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेश गर्न निर्देशन दिइएको छ।

    बिहीबार गृहमन्त्रालयमा विभिन्न ९ वटा मन्त्रालय तथा राष्ट्रसंघका नेपालस्थित डव्लूएचओ, युनिसेफ, डव्लूएफपी, आइसीआरसी, आइओएम, युएनएचसीआरलगायत एजेन्सीबीच कोरोना विरुद्ध कन्टिनजेन्सी प्लान बनाउने सम्वन्धमा बैठक बसेको थियो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast