बुधबार, चैत्र २६, २०७६
    राज्य-समाज

    पशुपतिनाथकाे सन्ध्या आरती भोलिबाट बन्द, १५ जनाभन्दा धेरै मलामी नआउन आग्रह

    शुक्रबार, ७ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ७ चैत । पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न १५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ । 

    सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । 

    “हामीले निर्देशन पालना गराउन अनुगमन टोली पनि गठन गरिसकेका छौं,” सदस्य सचिव ढकालले भने, “कडाइका साथ निर्देशन पालना गर्नेछौं ।” 

    पशुपति क्षेत्रविकास कोष परिषरको विशेष सरसफाइ तथा निर्मलीकरण गरिएको उनले जानकारी थिए । हरेक साँझ हुँदै आएको आरती भोलिबाट बन्द हुने जानकारी दिएका उनले आज विधिका लागि भीड जम्मा नभइ आरती हुने बताए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast