आईतवार, चैत्र १६, २०७६
    स्कुल-कलेज

    काेराेना कहर : लोकसेवा आयोगकाे लिखित परीक्षा पनि स्थगित

    बिहिवार, ६ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ६ चैत । सरकारले लोकसेवा आयोगकाे चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । बिहिवार  बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

    लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा भनिएको छ । 

    सरकारले एसईई सहित त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast