आईतवार, चैत्र २३, २०७६
    आर्थिक खबर

    १ हजार ५ सयले घट्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

    बिहिवार, ६ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, ६ चैत । बिहिबार पुनः नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  बुधबार तोलामा १ हजार रुपैयाँले बढेको छापावाल सुनको मूल्य बिहीबार भने १ हजार ५ सय रुपैयाँले घटेको हो ।

    विहिबार छापावाल सुनको मूल्य ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुन प्रतितोला रु ७६ हजार ५ सयमा कारोबार भएको थियो ।

    यस्तै तेजावी सुन आज प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, विहिबार चाँदीको मूल्य पनि घटेको छ । आज, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast