मंगलवार, चैत्र १८, २०७६
    राज्य-समाज

    एमसीसी र उपाध्यक्ष वामदेवबारे छलफल गर्न बस्दै सचिवालय बैठक

    बुधबार, ५ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ५ चैत । मिलेनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी' र उपाध्यक्ष वामदेव गौतमबारे छलफल गर्न  आज नेकपा सचिवायलय बैठक बस्दैछ । 

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको सचिवालय बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।

    आजको बैठक प्रधानमन्त्री केपी ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणपछिको पहिलो हो । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनुहुने सचिवालय स्रोतले जनाएको छ । नेकपा नेतृत्वलाई एमसीसी पारित गर्न दबाब परेको छ ।

    केही समययता नेकपामा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने विषयसमेत पेचिलो बन्दै गएको छ । आजको बैठकमा यी लगायत अन्य समसामयिक विषयमा समेत छलफल हुने सचिवालय स्रोतको भनाई छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast