आईतवार, चैत्र १६, २०७६
    बिदेश

    अमेरिकाको सबै राज्यमा फैलियाे काेराेना भाइरस, १ सय १५ काे मृत्यु

    बुधबार, ५ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ५ चैत । कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो ।

    अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११५ पुगिसकेको छ । साथै संक्रमितको संख्या पनि ६५०० नाघिसकेको छ । विश्वभर यो भाइरसबाट करिब २ लाख मानिस संक्रमित भइसकेका छन् भने करिब ८ हजार मानिसको ज्यान गइसकेको छ ।

    कोरोना भाइरसको कारण अहिले समग्र विश्व प्रभावित भइरहेको अवस्थामा अमेरिकाको पनि आर्थिक क्षेत्रमा यसको नकारात्मक असर पर्न सक्ने वश्लिेषकहरुले चेतावनी दिएका छन् । आर्थिक क्षेत्रमा सुधारको लागि अमेरिकाले १० खर्ब डलरको आर्थिक सहायता कोषको प्रस्ताव अघि सारेको छ ।

    अमेरिकी अर्थमन्त्री स्टिभिन म्नुशिनले रिपब्लिकका सांसदहरुलाई बोलाएर यो विधेयक संसद्मा पारित नभए अमेरिकाको बेरोजगारी २० प्रतिशतसम्म पुग्ने चेतावनी दिएका छन् ।

    यसअघि केन्द्रीय बैंक फेडेरल रिजर्भले कोरोना भाइरसको अमेरिकामा पर्न सक्ने नकारात्मक असर न्यूनीकरणको लागि ७ खर्ब डलरको आर्थिक सहायता कोष ल्याउनुका साथै ब्याजदर पनि शून्यको हाराहारीमा झार्ने निर्णय गरेको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast