आईतवार, चैत्र २३, २०७६
    सावधान

    रोकेर राखिएको ट्रकभित्र लगेर १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

    बुधबार, ५ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ५ चैत ।  काठमाडौंमा रोकेर राखिएको ट्रकभित्र लगेर १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

    काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ तीनथानाकाे  सडक किनारामा रोकेर राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकमा १७ वर्षीया किशोरीमाथि ३ जना युवकले सामूहिक रुपमा बलात्कार गरेका हुन् ।

    महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक 'डीएसपी' घनश्याम श्रेष्ठका अनुसार सामूहिक बलात्कारमा संलग्न ३ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–१ घर भएका २४ वर्षीय सञ्जय घर्ती मगर, रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय कपिल खड्का र सिन्धुलीको सुनकोशी गाउँपालिका–९ घर भएका १९ वर्षीय पासाङ तामाङ छन् ।

    प्रहरीका अनुसार मंगलबार बिहान ३ जना युवकले गाडी चढ्न सडक किनारमा उभिएकी युवतीलाई गन्तव्यमा पु¥याइदिने भन्दै सडक निकारमा रोकिएको ट्रकमा लगेका थिए । ट्रकमा लगेर तीनै जनाले किशोरीमाथि सामूहिक बलात्कार गरेका देखिएको प्रहरीको भनाइ छ ।

    प्रहरीले बलात्कृत किशोरीको उद्दार माइती नेपालको संरक्षणमा राखिएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast