सोमबार, जेष्ठ १२, २०७७
    कला-सौन्दर्य

    काेराेना प्रभाव : बलिउड अभिनेत्री सोनम कपुर पनि आइसोलेसनमा

    बुधबार, ५ चैत्र २०७६, आहाखबर

    मुम्बई, ५ चैत । काेराेना भाइरस विश्वव्यापी रूपमा फैलिएसँगै बलिउड अभिनेत्री सोनम कपुर पनिआइसोलेसनमा बसेकी छिन्।

    बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्।  लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्।

    विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस अघि हिजो मात्रै ९७ वर्षीय अभिनेता दिलिपकुमारले सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका थिए। 

    विश्वभर एक लाख ८२ हजारभन्दा धेरै मानिसमा फैलिरहेको यो भाइरसको संक्रमण भारतमा १ सय ३७ जनामा पुष्टि भइसकेको छ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast