आईतवार, चैत्र १६, २०७६
    खेल संसार

    नेपाल र इङल्याण्डबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल स्थगित

    बुधबार, ५ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, ५ चैत । नेपाली राष्ट्रिय टोली र इङल्यान्डको सी टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ।

    एन्फाले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै दुई देशबीचको मैत्रीपूर्ण खेल अनिश्चितकालका लागि स्थगित भएको उल्लेख गरेको छ।

    यसअघि अखिल नेपाल फुटबल संघ 'एन्फा' र इङल्यान्ड फुटबल संघ 'एफए'बीच मैत्रीपूर्ण खेलका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

    एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एफएका राष्ट्रिय लिग समितिका प्रमुख लरेन्स जोन्सले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

    सम्झौताअनुसार नेपालको पुरुष राष्ट्रिय टोलीले इङल्यान्डको पुरुष सी टिमविरुद्धको मैत्रीपूर्ण खेलका लागि आउँदो मे २५ मा अल्डरसटको भ्रमण गर्ने उल्लेख थियो भने। अर्को वर्ष २०२१ मा नेपालले इङल्यान्ड सी टिमलाई निम्तो दिने सहमति भएको थियो।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast