आईतवार, चैत्र २३, २०७६
    आर्थिक खबर

    फेरि बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

    बुधबार, ५ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, ५ चैत ।  बुधबार नेपाली बजारमा सुनकाे भाउ पुन: बढेकाे छ । मंगलबार ताेलामा ३ हजार रूपैयाँले घटेकाे छापावाल सुनकाे मूल्य आज १ हजार रूपैयाँले बढेकाे हाे ।

    १ हजार रूपैयाँले बढेसँगै छापावाल सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज वेजावी सुन ताेलामा ७६ हजार २ सय रूपैयाँमा काराेबार भएकाे छ । 

    चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast