सोमबार, चैत्र २४, २०७६
    राज्य-समाज

    आफै बजार अनुगमन गर्न उत्रिए विद्यार्थी संगठनहरू

    बुधबार, ५ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ५ चैत । आफै अनुगमन गर्न विद्यार्थी संगठनहरू बजारमा उत्रिएका छन् । कोरोना भाईरसका कारण मौलाएको कालोबजारीविरुद्ध विधार्थीहरुले आफै बजार अनुगमन गर्ने भएका हुन् । 

    मंगलबार काठमाण्डौमा बसेको संयुक्त विद्यार्थी संठगनको बैठकले कोरोना भाइरसको डरलाई मौका बनाएर व्यापारीले कालोबजारी गरिरहेको भन्दै शंका लागेको ठाउँमा आफैँ अनुगमन गर्ने निर्णय गरेको हो । 

    बैठकले कालोबजारी र महँगीविरुद्ध कडा रुपमा प्रस्तुत हुन पनि सरकारको ध्याकर्षण गराएको छ । बैठकमा सत्ताधारी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल छैठौँ, अखिल क्रान्तिकारीसहित विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पनि सहभागिता थियो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast