मंगलवार, चैत्र १८, २०७६
    राज्य-समाज

    बालबालिकालाई परीक्षा सकेपछि घरबाहिर ननिस्किन शिक्षा मन्त्रीकाे आग्रह

    बुधबार, ५ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा दिएर विद्यार्थीहरू लाई घर बाहिर ननिस्किन आग्रह गरेका छन् ।

    एक अपिल जारी गर्दै उनले परीक्षा सकिएर अर्को शैक्षिकसत्र सुरु नहुन्जेलसम्म घरबाहिर नजान विद्यार्थीसँग अपिल गरेका हुन् ।

    उनले भनेका छन्, “शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै चैत्र ५ गतेसम्म कक्षा १ देखि ९ सम्मका परीक्षा सञ्चालन गरिसक्न अनुरोध गरेको थियो । यो परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र सुरु नहुन्जेलसम्म करिब तीनहप्ता देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकाहरु घर परिवारमा नै रहनेछन् । संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरुलाई घर बाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिककरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आमभेला नगर्न सबैमा अनुरोध छ ।”

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast