मंगलवार, आषाढ २३, २०७७
    आर्थिक खबर

    एकै दिनमा २ हजारले घट्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

    मंगलवार, ४ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, ४ चैत । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ताेलामा २ हजार रूपैयाँले घटेकाे छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । साथै तेजावी सुनकाे मूल्य पनि घटेर मैगलबार ताेलाकाे ७५ हजार २ सय कायम भएकाे छ । 

    महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८० रुपैयाँ घट्दै ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । एक हप्तामै ७ हजार २ सयले घटेको छ । कोरोना भाइरस 'कोभिड–१९' का कारण सुनको मूल्य घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast