मंगलवार, चैत्र १८, २०७६
    राज्य-समाज

    प्रदेश २ को नाम र राजधानी ताेक्न मतदान हुँदै

    मंगलवार, ४ चैत्र २०७६, आहाखबर

    जनकपुर, ४ चैत । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीको टुंगो लगाउन विहान ८ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक अझै बस्न सकेको छैन । 

    सभामुख सरोज कुमार यादवले नाम र राजधानीका लागि गठित समितिको बैठक जारी रहेकाले प्रदेश सभा बैठक बस्न केही ढिला हुनेछ । उनले नाम र राजधानीको टुंगो मतदानबाटै लगाइने जानकारी दिए । 

    प्रदेशको स्थायी राजधानी जनकपुर राख्ने विषयमा सहमति भइसके पनि नामका विषयमा सहमति हुन सकेको छैन ।

    प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र काँग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

    प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीका ३०, राजपा नेपालका २५, प्रमुख प्रतिपक्षी नेकपाका ३२, काँग्रेसका १९ र संघीय समाजवादीका एक सांसद छन् । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast