आईतवार, चैत्र २३, २०७६
    सावधान

    काभ्रेमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु: पनौती तनावग्रस्त

    मंगलवार, ४ चैत्र २०७६, आहाखबर

    काठमाडाैं,४ चैत। काभ्रेको पनौती तनावग्रस्त बनेको छ। बा५ख ५४८० नम्बरको टिपरको ठक्करबाट जुनीमाया गोले र उनकी तीन वर्षिया छोरी स्मारिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो। 

    घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । चालकसहित टिपर नियन्त्रणमा लिँदा पनि स्थानीयले सडकमा अवरोध कायम राखेपछि प्रहरीले ११ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

    इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार स्थिति साम्य पार्ने प्रयास जारी छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast