आईतवार, चैत्र १६, २०७६
    बिदेश

    इटलीमा कोरोना भाइरसबाट एक दिनमै ३६८ जनाको मृत्यु

    सोमबार, ३ चैत्र २०७६, आहाखबर

    एजेन्सी, ३ चैत

    कोरोना भाइरसबाट इटलीमा एक दिनमै ३६८ जनाको मृत्यु भएको छ ।

    इटलीमा नयाँ भाइरसबाट एकै दिनमा ३६८ जनाले ज्यान गुमाएको सिएनएनले जनाएको छ । योसँगै इटलीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ भने २४ ७ सय ४७ जना संक्रमित बनेका छन् ।

    सुरुमा चीनको वुहानमा देखिएको कोरोना भाइरस हालसम्म १४९ मुलुकमा फैलिइसकेको छ । हालसम्म भाइरसबाट विश्वभर १ लाख ६४ हजार मानिस संक्रमित बनेका छन् ।

    यता विश्व स्वास्थ्य सङ्गठन (डब्लुयूएचओ) ले कोभिड–१९ अर्थात कोरोना भाइरसको कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ ।

    सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएकोले विश्वको अवस्था के होला भन्ने थाहा पाउन नसकिएको बताएका हुन् ।

    कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उनले स्पष्ट पारे । सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी कलङ्कको रुपमा रहन सक्नेतर्फ पनि विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast