मंगलवार, चैत्र १८, २०७६
    स्वास्थ्य

    विश्वभर १ लाख ६९ हजार ३१६ जनामा काेराेनाकाे संक्रमण, ७७ हजार २ सय ५७ ठिक भए

    सोमबार, ३ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ३ चैत । कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ६९ हजार ३१६ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    यस्तै कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर ६ हजार ५१२ व्यक्तिको मृत्यु भएको बताइएको छ । कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा तीन हजार ९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटालीमा एक हजार ८०९ व्यक्तिको मृत्यु भएको छ । यहाँ हालसम्म २४ हजार ७४७ जनामा संक्रमण देखिएको छ ।

    यस्तै इरानमा ७२४ जनाको मृत्यु भएको छ भने यहाँ १३ हजार ९३८ जना संक्रमित छन् । स्पेनमा कोरोनाकै कारण २९२ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् । यससँगै स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८४४ पुगेको छ ।

    स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराईरहेको बताइएको छ । प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि सङ्क्रमणको पुष्टि भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।

    फ्रान्समा १२७ जनाको मृत्यु र संक्रमित संख्या ५ हजार ४३७ रहेको छ । दक्षिण कोरियामा संक्रमित संख्या ८ हजार १६२ रहेको मध्ये मृत्यु हुनेको संख्या ७५ जना पुगेको छ ।

    यस्तै अमेरिकामा ३ हजार ७३४ संक्रमित रहेको मध्ये ४२ जनाको मृत्यु भएको छ । हाल सम्म १५७ वटा देशमा फैलिएको कोरोना लागेका मध्ये उपचार पछि निको भएकाहरुको संख्या ७७ हजार २५७ रहेको छ । चीनमा यसको संक्रमण निकै कम भएपनि अन्य देशमा बढ्दो छ ।

     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast