शुक्रबार, आषाढ २६, २०७७
    आर्थिक खबर

    लगातार घटेकाे सुनकाे भाउ साेमबार पुन: ५ सयले बढ्याे

    सोमबार, ३ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ३ चैत । लगातार घटेकाे सुनकाे भाउ साेमबार पुन: बढेकाे छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    सुन एकैदिन ३ हजारले घट्दै सुन शुक्रबार ७८ हजार ५ सयमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि केहि बढेको छ । आज चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सुनको मूल्य पाँच दिनमा प्रतितोला ५ हजार ५ सय रुपैयाँ घटेको थियो । गत मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शनिबारसम्म घटेर प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना भाइरस 'कोभिड–१९' का कारण सुनको मूल्य घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast