आईतवार, चैत्र २३, २०७६
    बिदेश

    कोरोनाबाट विश्वभर ६ हजारभन्दा बढीको मृत्यु

    आईतवार, २ चैत्र २०७६, आहाखबर

    पेरिस, २ चैत

    कोरोना (कोभिड–१९) को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ६२ हजार ६५१ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर छ हजार ६९ जनाको मृत्यु भएको बताइएको छ ।

    कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा एक हजार ४४१ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म २१ हजार १५७ जना संक्रमित भएका छन् । 

    त्यसैगरी इरानमा अहिलेसम्म ७२४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ हजार ९३८ पुगेको छ ।

    आइतबारसम्म पछिल्लो २४ घण्टाको अन्तरालमा स्पेनमा ९५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २९१ पुगेको छ ।

    स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उनकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराईरहेको बताइएको छ । प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि सङ्क्रमणको पुष्टि भएको प्रधानमनत्रीको कार्यालयले जानकारी गराएको छ ।

    त्यस्तै फ्रान्समा ९१, दक्षिण कोरियामा ७५, अमेरिकामा ६०, जापानमा २४, बेलायतमा २१, फिलिपिन्समा ११, इराकमा १० जनाको मृत्यु भएको छ ।
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast