बुधबार, चैत्र २६, २०७६
    कला-सौन्दर्य

    आँचलले रिसेप्सन पार्टीमा लगाएको लुगा र गहनाको मूल्य कति ?

    आईतवार, २ चैत्र २०७६, आहाखबर

    काठमाडौं, २ चैत । नव विवाहित जाेडी आँचल शर्मा र उदिप श्रेष्ठको रिसेप्सनका भिडियो र तस्विर अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । जब उदिपले आँचललाई हेलिकप्टर चढाएर हायत पुगेका थिए, चर्चा झन् चुलिएको थियो ।

    आँचल शर्माले लगाएको लेहेंगाको समेत अहिले सामाजिक संजालमा चर्चा बढेको छ । आँचलले लगाएको उक्त लेहेंगा १६ लाख मुल्यको रहेको छ । आँचलले विवाह र रिसेप्सनमा लाउने लेहेंगा केही महिना अघि नै भारतको टप डिजाइनरबाट डिजाइन गराएकी थिइन् । अहिले आँचल शर्माको उक्त लेहेंगाको चर्चा सामाजिक संजालमा देखिन थालेको छ । 

    त्यस्तै आँचलले विवाहमा ६० लाखको गहना लाएकी छिन् । विवाह र रिसेप्सन सम्म आँचलले ६० लाख जतिको गहना लाएकी छिन् । नेपाली परम्परा अनुसार नै विवाह गरेको भनेर धेरैले खुशी व्यक्त गर्दै आँचल र उदिपको जोडीलाई शुभकामना दिन थालेका छन् ।

    आँचल शर्माको अहिले रिसेप्सन पार्टी चलिरहेको छ । कलाकार देखि मिडियाकर्मीहरुको सहभागी सहित रिसेप्सन पार्टी भव्यताका साथ चलिरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast