शुक्रबार, आषाढ २६, २०७७
    आर्थिक खबर

    आइतबार पनि तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    आईतवार, २ चैत्र २०७६, आहाखबर

    काठमाडौं, २ चैत । काराेबारकाे पहिलाे  दिन आइतबार पनि नेपाली बजारमा सुनकाे भाउ घटेकाे छ । शुक्रबार ३ हजारले घटेकाे सुनकाे भाउ आइतबार पनि १ हजार ५ सय रूपैयाँले घटेकाे हाे ।

    शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ७७ हजार कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । 

    चाँदी पनि आइतबार ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । केहि दिन यता नेपाली बजारमा सुनकाे मूल्यमा निरन्तर गिरावट आइरहेकाे छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast