मंगलवार, चैत्र १८, २०७६
    स्वास्थ्य

    साम्पडोरियाका ४ खेलाडीसहित डाक्टरलाई नै कोरोनाको संक्रमण

    शनिबार, १ चैत्र २०७६, आहाखबर

    काठमाडाैं,१ चैत। इटालियन क्लब साम्पडोरियाले सिनियर टोलीका ४ खेलाडीसहित क्लबका डाक्टरलाई (कोविड-१९) कोरोना भाइरस पोजिटिभ देखिएको बताएको छ।

    सिरी ‘ए’को टोली साम्पडोरियाले शुक्रबार राति एक विज्ञप्ती जारी गर्दै खेलाडीद्वय ओमार कोले, अल्बिन एक्डाल, एन्टोनियो ला गुमिना, मोर्टेन थ्रोस्बी तथा फिजियो एमेडियो बाल्डारीलाई भाइरस संक्रमण भएको पुष्टि गरेको हो।

    साम्पोडोरियाले २४ घण्टाअघि मानोलो गाबियाडिनलीलाई कोरोनाबाट संक्रमित हुने सिरी ‘ए’का दोस्रो खेलाडीको रूपमा घोषणा गरेको थियो। यसअघि युभेन्टसका ड्यानियल रुगानीलाई युरोपेली फुटबल खेलाडीमै पहिलो पटक भाइरसको संक्रमण देखिएको कुरा बाहिर आएको थियो।

    चीनपछि यो महामारीबाट सबैभन्दा बढी प्रभावित भएको इटालीमा १ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

    इटालियन सरकारले सम्पूर्ण खेल गतिविधि अप्रिल ३ सम्मका लागि स्थगित गरेको छ भने पूरा देशलाई ‘लक डाउन’ गरेको छ।

    शुक्रबारदेखि इङ्लिस प्रिमियर लिग, फ्रेन्च लिगवान र बुन्डेसलिगासहित युरोपका शीर्ष ५ लिग नै कम्तिमा अप्रिलको पहिलो हप्तासम्मका लागि स्थगित भइसकेका छन्। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast