आईतवार, चैत्र १६, २०७६
    स्वास्थ्य

    कोरोनाको कहर : ‘फास्ट एन्ड फ्युरियस ९’ ११ महिनापछि सर्‍यो

    शुक्रबार, ३० फागुन २०७६, आहाखबर

    काठमाडौं, ३० फागुन

    महामारीको संज्ञा पाइसकेको कोरोना भाइरसका कारण एकपछि अर्को चलचित्रको रिलिज मिति पछि सर्दै छ । यही क्रममा हलिउडको अर्को एक चर्चित सिरिज ‘फास्ट एन्ड फ्युरियस ९’ को रिलिज मिति पनि पोस्टपोन्ड भएको छ ।

    यसै वर्षको मार्च २२ मा रिलिजको तयारीमा रहेको ‘एफ ९’ अब आगामी वर्ष अप्रिल २ मा मात्रै रिलिज हुने भएको छ ।

    कोरोनाको असरले रिलिज मिति पछि सरेको जेम्स बोन्डको ‘नो टाइम टु डाई’ पछि यो दोस्रो ठूलो हलिउड चलचित्र हो ।

    ‘एफ ९’ को रिलिज मिति हेरफेर भएसँगै २०२० मा भिन डिजल र अक्षय कुमारबीच बक्स अफिसमा भिडन्त हुने पक्का भएको छ । 

    सोही मितिमा २०२० को बलिउडको प्रतीक्षित चलचित्र ‘बेल बटम’ पनि रिलिज हुँदैछ । 

    चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ जस्टिन लिनले निर्देशन गरेका हुन् । ‘एफ ९’ मा भिन डिजल र जोन सिनाका साथै मिसेल रोड्रिग्ज, टाइरिस गिब्सन, जोर्डाना ब्रिउस्टरको मुख्य भूमिका रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast