मंगलवार, चैत्र १८, २०७६
    स्वास्थ्य

    कोरोना संक्रमणको शंका लागे १११५ मा फोन गर्नुहोस्

    शुक्रबार, ३० फागुन २०७६, आहाखबर

    काठमाडौं, ३० फागुन ।  के तपाईलाई रुघाखोकी र ज्वरोसँगै छाती दुखेको छ । यदि तपाईलाई त्यस्तो अवस्था देखिन थाल्यो भने कोरोना भाइरसको संक्रमण भएको पनि हुनसक्छ । कोरोना ९कोभिड–१९० भाइरसको संक्रमणको शंका लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । १११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो संक्रमणबारे परार्मश लिन सकिन्छ ।

    शुक्रबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले परामर्शका लागि टेलिफोन नम्बरको व्यवस्था गरेको हो । कोरोना ९कोभिड–१९०भाइरस संक्रमणबारे जानकारी दिनका लागि शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको  इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ । 

    कल सेन्टरमा ११ जना कर्मचारीलाई तालिम दिएको समेत दिएको  महाशाखाले जनाएको छ । कोरोना महामारी फैलिएको खण्डमा त्यसको भाइरस संक्रमणबाट कसरी जोगिने, कुन–कुन अस्पताल जाने आदि विषयमा त्यहाँबाट परार्मश पाइनेछ । 

    चीनबाट फैलिएको कोरोना भाइरसले हाल विश्वव्यापीरुपमा महामारीको रुप लिएको छ । हालसम्म नेपालमा सो भाइरसबाट संक्रमित बिरामी फेला परेका छैनन् । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast