आईतवार, चैत्र २३, २०७६
    सावधान

    अनेरास्ववियुका नेता राईलाई बलात्कार मुद्दामा साढे ८ वर्ष कैद सजाय

    शुक्रबार, ३० फागुन २०७६, आहाखबर

    काठमाडौं, ३० फागुन । बलात्कारकाे मुद्दामा मुछिएका अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई साढे ८ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका निलम्बित केन्द्रीय सदस्य राईलाई बलात्कार मुद्दामा साढे ८ वर्ष कैद सजाय निर्धारण गरिएको हाे ।  जिल्ला अदालत काठमाडौंले राईविरुद्ध दायर मुद्दामा सजाय सुनाउँदै यस्तो आदेश गरेको हो । 

    त्यस्तै, राईबाट पीडितलाई क्षतीपूर्तिबापत डेढ लाख रुपैयाँ भराउने  आदेश पनि भएको अदालतमा स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । 

    अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईमाथि बलात्कार अभियोग लागेपनि संगठनले निलम्बित गरेको थियो । 

    गत कात्तिकमा जोरपाटी माकलबारीमा उनले साथीको बहिनीलाई आफ्नै कोठामा बोलाई बलात्कार गरेको आरोप लागेको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast