आईतवार, चैत्र २३, २०७६
    बिदेश

    अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरसकाे संकमण भएकाे पुष्टि

    शुक्रबार, ३० फागुन २०७६, आहाखबर

    काठमाडौं, ३० फागुन । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् ।

    शुक्रबार विहान आफू उठ्दा ज्वरो आएको र घाँटी दुखेको गृहमन्त्री डटनले उल्लेख गरेका छन् । त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका उनमा पोजेटिभ रिपोर्ट आएको हो ।

    अहिले गृहमन्त्री डटन अस्पताल भर्ना भएका छन् । उनले विज्ञप्ति जारी गरेर आफ्नो अवस्था अहिले ठीक रहेको बताएका छन् ।

    मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी गएका थिए । त्यतिबेला प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग बैठक गरेका थिए ।

    मार्च महिनाको सुरुमा गृहमन्त्री डटन अमेरिका गएका थिए । अघिल्लो हप्ता अष्ट्रेलिया फर्केका उनी कमर्सियल फ्लाइटमार्फत ब्रिसबेन र सिड्नी ओहोरदोहोर गरेका थिए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast