आईतवार, चैत्र २३, २०७६
    आर्थिक खबर

    एकै दिन ताेलामा ३ हजारले घट्याे सुनकाे मूल्य, कतिमा झर्‍यो ?

    शुक्रबार, ३० फागुन २०७६, आहाखबर

    काठमाडौं, ३० फागुन । नेपाली बजारमा शुक्रबार सुनकाे भाउ ह्वात्तै घटेकाे छ । सुनको भाउ शुक्रबार एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको हाे।

    बिहीबार प्रतिताेला ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भउकाे सुनको भाउ शुक्रबार तोलाको ७८ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  सुन बिहीबार तोलामा आठ सय रुपैयाँले घटेकाे थियाे । 

    यस्तै चाँदी आज तोलामा ४० रुपैयाँले  घटेकाे छ । शुक्रबार चाँदी प्रतिताेला ८ सय २० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast