मंगलवार, चैत्र १८, २०७६
    खेल संसार

    आहा रारा गोल्डकपकाे फाइनलमा पुलिस

    बिहिवार, २९ फागुन २०७६, आहाखबर

    काठमाडाैं,२९ फागुन। साबिक विजेता थ्रीस्टार क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब १८औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साबिक विजेता थ्रीस्टारलाई ३–० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो।

    पुलिसका कप्तान भरत साहले खेल सुरु भएको आठौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। रवि पासवानले दिएको बललाई डीबक्स नजिकैबाट साहले वान टचमा गोल गरेका थिए।

    खेलको ५१औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेका थिए। एक्लै लगेर विपक्षी पोस्टमा प्रहार गरेको बलले थ्रीस्टारका गोलरक्षकको हातबाट फुत्केर जाली चुमेको थियो। दोस्रो गोलपछि थ्रीस्टार निराश बनेको थियो। खेलको ७२औं मिनेटमा म्यान अफ दी म्याच निरकुमार राईले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई सहज जित दिलाए। तेज तामाङको पासमा पाएको बललाई उनले डीबक्स नजिकैबाट गोल गरेका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast